आगलागीमा परि सात जनाको ज्यान गयो

 फागुन २८, २०७८


काठमाडौ । भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।दिल्लीको गोकुलपुरीमा गएराति लागेको आगोमा परेर सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति आगो लाग्नासाथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनास्थलको अवलोकन गर्ने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया