१८ वर्षमुनिको महिला च्याम्पियनसिपका लागि नेपाली टोली भारत प्रस्थान
काठमाडौं । साफ १८ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली आज भारतगएको छ । भारतको जमसेदपुरमा पर्सिदेखि चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज भारत प्रस्थान गरेको हो । नेपाल, भारत र बंगलादेशको सहभागिता रहने प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुनेछ । उद्घाटन खेलमा नेपालले भारतसँग पर्सि खेल्नेछ । दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । त्यसपछि मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो ।




तपाईंको प्रतिक्रिया