सुनको भाउ एकैदिन १८ सय रुपैयाँले घट्यो

 चैत ०१, २०७८

काठमाण्डाै ।  सुनको भाउ आज एकैदिन १८ सय रुपैयाँले घटेको छ । आज तोलामा सुनको भाउ १८ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च एक  लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । 

तपाईंको प्रतिक्रिया