मनिकापुर बर्षे सिँचाई कुलोको अधिबेशन सम्पन्न

 चैत ०६, २०७८

कपिल लामिछाने , बिजौरी । मनिकापुर बर्षे सिँचाई कुलो तथा जल उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा पहिलो अधिबेशन सम्पन्न भएको छ । मनिकापुर पिपल चौतारामा भएको उक्त अधिबेशनले बिसेसन वलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिमिति समेत चयन गरेको छ ।


लामो समयदेखि बस्न नसकेको साधारण सभाले आज पुर्णता पाएको हो । उक्त साधारण सभामा समितिको आगामी कार्यहरुलाई कसरी अगाडी बढाउने, बाँकी रहेका कामहरुलाई पुर्णता दिन सबैको सर(सहयोगमा अघि बढ्ने लगाएतका बिषयमा बृहत छलफल भएको थियो । उक्त साधारण सभामा टेक बहादुर डाँगी, चुर्ण बहादुर वली, पुर्ण बहादुर वली, राकेश बस्नेत, हिरा सिं वली लगाएतले समितिको आगामी काम र कर्तब्यको बारेमा जानकारी दिदैँ नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

मनिकापुर बर्षे सिँचाई तथा जल उपभोक्ता समितिका निबर्तमान अध्यक्ष टोपराम वलीको अध्यक्षता बसेको साधारण सभामा निबर्तमान कोषाध्यक्ष दिपक वलीको स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजिकरण संस्थाका बर्तमान सचिव कपिल लामिछानेले गरेका थिए ।

तपाईंको प्रतिक्रिया