नेपाललाई सिरिज बराबरी गर्ने मौका
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा हुनेछ ।
नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका थिए । शुक्रबार पीएनजीविरुद्धको खेलपछि पत्रकारसँगको कुराकानीमा उनले आजको खेलमा जित निकाल्दै दर्शकहरुलाई खुसी दिलाउने बताए । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले दुबै खेलमा जित निकालेको थियो । त्यसपछि नेपालले शुक्रबार खेलेको खेलमा पराजित हुन पुग्यो ।




तपाईंको प्रतिक्रिया