पीएनजीविरुद्ध खेल्दै नेपाल

 चैत १४, २०७८

तुलसीपुर । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा केहीबेरमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल दिउँसो १२:३० बजे सुरु हुनेछ । नेपालविरुद्धका दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका दुबै खेल जितेको पीएनजी टी-२० शृंखलामा पनि जितको प्रयास गर्नेछ ।

नेपाल भने एकदिवसीय शृंखलामा पाएको हारको बदला लिने प्रयासमा हुनेछ । नेपाल र पीएनजी हालसम्म एक पटक टी-२० अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् । सन् २०१५ मा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । नेपाली टोलीमा रोहित पौडेल थपिएका छन् । एकदिवसिय शृंखलामा शतकसहित उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई टोलीमा थपिएको हो । उनले पीएनजीविरुद्धको पहिलो एकदिवसिय खेलमा १ सय २६ रनको स्कोर बनाएका थिए ।

तपाईंको प्रतिक्रिया