फुटबल टिमका पूर्वकप्तान फ्रेडीको निधन

 बैशाख ०१, २०७९

काठमाडौं ।कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो ।  कोलम्बियाको कलीमा गएको सोमवार भएको कार दुर्घटनमा रिनकोनको टाउकोमा गम्भीर चोट लागेको थियो । रिनकोनले चलाएको कार बससँग ठोक्किँदा दुर्घटना भएको थियो ।

रिनकोनको उपचारका क्रममा निधन भएको इम्बानाको क्लिनिकका मेडिकल डाइरेक्टर लौरेनो क्विनटेरोले जानकारी दिएका छन् ।   रियल मड्रिडका पूर्व मिडलफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए । उनले काेलम्बियाबाट सन् १९९०, १९९४ र १९९८ मा गरी तीन पटक विश्व कप खेलेका थिए । 

तपाईंको प्रतिक्रिया