नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

 बैशाख १८, २०७९


काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० मा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । उहाँसँगै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकको नाम पनि महानिरीक्षकका लागि सिफारिस भएको थियो । तर मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई नियुक्त गरेको हो ।

तपाईंको प्रतिक्रिया