इनार खन्ने क्रममा एक जनाको ज्यान गयो

 बैशाख १८, २०७९

अरुण कुमार नेपाली, रनियापुर । दाङमा इनार खन्ने क्रममा एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ साजखुटीमा इनार खन्दै गर्दा एक्कासी इनार भत्किएर तुलसीपुर १७ का हरी चौधरीको ज्यान गएको स्थानीयले जानकारी दिएका छन ।

चौधरीको शव इनार भित्रै पुरिएको छ । भने उनको शव निकाल्ने प्रयास भइरहेको छ ‌। घटनाको बारेमा जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय फुलबारीको टोली अहिले घटना स्थलमा पुगेको छ ‌।

तपाईंको प्रतिक्रिया