आचारसंहिता विपरित सूचना सामाजिक सञ्जालमा नराख्न आयोगको आग्रह

 बैशाख १८, २०७९


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । आज आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिनुभयो ।

निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिने स्पष्ट पार्नुभयो । आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति २०७७ को निर्वाचन सबन्धी सूचना भरपर्दो मितव्ययी गुणस्तरीय विश्वसनीय बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई भरपर्दो बनाउन आयोगले निर्णयहरू गरेको जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया