एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

 बैशाख १८, २०७९


काठमाडौं । सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित गरेको छ । प्रतिनिधिसभा बाट गत फागुन १५ गते व्याख्यात्मक टिप्पणी सहित पास भएको सम्झौता राजपत्रका प्रकाशित गरिएको हो । सम्झौतामा नेपाली र अमेरिकी पक्षले के गर्ने भन्ने विषय समावेश गरिएको छ । परियोजना अन्तर्गत ५० करोड अमेरिकी डलरबराबर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ ।

सम्झौताले ५० लाख घरपरिवार लाभान्वित हुने दाबी गरिएको छ । यो परियोजना कुल ६३ करोड अमेरिकी डलर अर्थात अहिलेको विनिमय दरअनुसार करिब ७५ अर्ब रुपैयाँ बराबरको हुनेछ । अनुदान रकममध्ये ४० करोड डलर ३१२ किलोमिटर प्रसारण लाइन तथा सबस्टेशन निर्माणमा खर्च गर्ने योजना छ । मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए–नेपाल) ले यो परियोजना तथा यसअन्तर्गत परिचालन हुने रकमको व्यवस्थापन, कार्यान्वयन र अनुगमन गर्नेछ ।

तपाईंको प्रतिक्रिया