ईदको अवसरमा भोलि सार्वजनिक बिदा

 बैशाख १९, २०७९


काठमाडौं। सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईदका दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘‘ २०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपाईंको प्रतिक्रिया