कुवा खन्ने क्रममा बेपत्ता चौधरीको शव तीन दिनपछि फेला

 बैशाख २०, २०७९


तुलसीपुर।
तुलसीपुरमा कुवा खन्ने क्रममा बेपत्ता भएका हरि चौधरीको शव तीन दिनपछि भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका १३ साजखुटिमा आइतबार बिहान ११ बजे कुवा खन्ने क्रममा ढिस्कोले पुरिएर चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुर बताएको छ । तुलसीपुर उपमहानगरपालिका १७ जमेरा बस्ने अन्दाजि २४ वर्षीय चौधरीको शव मंगलबार बिहान ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

स्थानिय डिल्ली रोकाको घरमा कुवा खन्ने क्रममा बेपत्ता भएका चौधरीको शवलाई तिन वटा स्काभेटर प्रयोग गरेर निकालिएको हो । चौधरीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया