चितवन राष्ट्रिय निकुञ्जको मान्छे मार्ने बाघ नियन्त्रणमा

 बैशाख २१, २०७९


चितवन । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया