त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन

 बैशाख २१, २०७९


काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ । शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद वस्तु केही नभेटिएपछि अब विमानस्थल सञ्चालन गर्ने तयारी भएको छ । केहीबेरमा रोकिएका आन्तरिकतर्फका उडान सुरु हुने उहाँले जानकारी दिनुभयो । बिहानदेखि आन्तरिक उडान रोकिँदा विमानस्थलमा यात्रुको भीड छ ।

तपाईंको प्रतिक्रिया