बस र जीप ठोक्किँदा पाँच जनाको मृत्यु

 बैशाख २१, २०७९

काठमाडौं । काभ्रेमा बस र जीप ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।भने १८ जना घाइते भएका छन् । मृत्यु हुने मध्ये एक जना बालक पनि रहेका र उनीहरूको परिचय नखुलेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरि खतिवडाले जानकारी दिनुभयो । मृत्यु हुने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेका उहाँको भनाइ छ ।

घाइते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल पठाइएको डीएसपी खतिवडाले बताउनुभयो ।काठ माण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा घटना भएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया