पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

 बैशाख २१, २०७९

प्यूठान। प्यूठानमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएकाको छ । बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका(८ बस्ने अन्दाजि ११ वर्षीय रन्जीत थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक ९डीएसपी० सत्यनारायण थापाले जानकारी दिनुभयो ।

जिल्लाको झिमरुक गाउँपा लिका ५ मामा घरमा गएका थापाको स्थानिय झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको डीएसपी थापाले बताउनुभयो। शवलाई पोष्टमार्टमका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी रहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया