टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि वजेट बिनियाेजन

 जेठ १५, २०७९

तुलसीपुर । तुलसीपुरको टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गरिने भएको छ । दाङको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ । आर्थिक बर्षक २०७९/८० को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको हो ।

अर्थमन्त्री शर्माले नेपाल नागरिक उड्डयन प्राधिकरणको पुर्नसंरचना गरेर सेवा प्रदायक र नियमक निकायको छुट्टा छुटै स्थापन गर्ने र आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धी र पहुँचमा विस्तार गर्न दाङको टरिगाउँ एयरपोर्ट, डढेलधुरा, बागलुङको बलेवा, टिकापुर, चौरजहारी विमान स्थल लगाएतको स्तरवृद्धि तथा उदयपुर विमान स्थलको निर्माण कार्य सुरु गर्न संयुक्त रुपमा १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया