पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैँया घट्यो

 जेठ १९, २०७९

काठमाडौं । भारतबाट हिजो पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएपछि आज नेपाल आयल निगमाले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्राल डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घटेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले विज्ञप्ति निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैँया मूल्य घटेको उल्लेख गरेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७०रुपैँया र डिजेल तथा मट्टितेलको मूल्य १ सय ५३ रुपैँया पर्नेछ ।

तपाईंको प्रतिक्रिया