तुलसीपुरबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

 असार १९, २०७९

तुलसीपुर । तुलसीपुर प्रहरीले अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-७ राजापुर स्थित बाटोमा हिडीरहेको अवस्थामा फेलापारी उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

डिएसपी अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ७ निवासी २६ वर्षिय सुन्दर नेपाली र सोही ठाउँ निवासी ३० वर्षिय सन्तोष नेपाली रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चार पुडिया लागुऔषध (ब्राउनसुगर) पलाष्टिकसहित तौल गर्दा ३९० मिलिग्राम तथा पलाष्टिक हटाएर तौल गर्दा ३२० मिलिग्राम बरामद गरेको छ ।

उनीहरुले तुलसीपुर बजारमा लागुऔषध (ब्राउनसुगर) ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी वरिष्ट नायव निरीक्षक प्रमोद भण्डारीको नेतृत्वमा खटिगएको टोलीले पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया