तुलसीपुर ११ मा जग्गा वर्गिकरणबारे व्यापक छलफल

 असार २२, २०७९

तुलसीपुर । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा जग्गा बर्गिकरण बारे व्यापक रुपमा छलफल भएको छ । वडा भित्र कुन ठाउँ कृषि क्षेत्र, कुन ठाउँ गैर कृषि क्षेत्र बनाउने भन्ने बिषयमा सरोकारवाला संग छलफल भएको हाे । वडा कार्यालयकाे हलमा आयाेजित छलफलमा पार्टी प्रमुख, टाेल विकास संस्थाका प्रतिनिधि ,स्थानीय बुद्धिजीवी शिक्षक लागयतका विचमा छलफल भएको हाे ।

वडाध्यक्ष मान बहादुर रावतकाे अध्यक्षतामा भएको कार्यक्रममा छलफल भएको थियाे । त्यस अवसरमा उपमहानगरका नापि अधिकृत प्रदिप ज्ञवालीले जग्गा बर्गिकरण बारेमा तथ्यांक प्रस्तुत गर्नुभएको थियोे । छलफलमा सहभागीबाट कृषि पकेटका रुपमा माेतिपुर, सुकाैरा बेलगनारि, नवलपुर र कटाहाकाे खेतियाेग्य जमिनलाई विकास गर्न सकिने सुझाव दिएका थिए । यस्तै मुख्य सडककाे १०० मिटरकाे भाग लाई गैर कृषि क्षेत्रका रुपमा राख्न सुझाव दिएका छन । कार्यक्रममा झण्डै ३ सय जनाकाे सहभागीता रहेको थियोे ।

तपाईंको प्रतिक्रिया