अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

 असार २४, २०७९

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आज कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।

यस मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

तपाईंको प्रतिक्रिया