राउटे समुदायकी युवतीलाई यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्ष कैद र २ लाख जरिवाना

सुर्खेत । राउटे समुदायकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई अदालतले सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।
बिहीबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।
उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलका अनुसार युवतीमाथि यौन दुर्व्यवहार गरिएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
तपाईंको प्रतिक्रिया