३२ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

 असार २५, २०७९

काठमाडाैं । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

गृहले सिफारिसको सूचीमा परेका एसपीहरूको नामावली सार्वजनिक गरेको छ । जसअनुसार पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द परेका छन् । दोस्रोमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौँथोमा उमाप्रसाद चतुर्बेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् । 

हेर्नुहोस् बढुवाको सूची

तपाईंको प्रतिक्रिया