निःशुल्क आँखा शिविरमा ३ सय बढिले सेवा लिए

 असार २५, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ उरहरीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय गोरखा नपा १३, को आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा शिवीरको आयोजना गरिएको थियो । संस्थाका प्रबन्धक भोजराज फुयालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन अवसरमा बोल्दै नगर प्रमुख खड्काले सामाजिक कार्य अन्र्तगत संस्थाले ग्रामिण भेगमा गर्ने यस्ता शिविरले जनतामा उत्साह ल्याउने बताएका थिए । नगर प्रमुख खड्काले लघुबित्त सस्थाले बचत र लगानी मात्रै नभएर सामाजिक उत्तरदायि अन्तरगत सेवा गरेकोमा उच्च प्रशंसा गरेका थिए ।

अमर मावि उरहरीमा आयोजना गरिएको शिविर उद्घाटन अवसरमा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावत,अमर माविका शिक्षक निर्मल कुमार वली लगायतले बोलेका थिए ।
बिहान १० बजे देखि सुरु हुने शिविरमा १५१ पुरुष र १७९ महिला गरि ३३१ जनाले सेवा लिएका थिए । त्यस अवसरमा ३० जनामा माेतिबिन्दुकाे समस्या देखिएकाे थियो । शिविरमा डाक्टरबाट जाँच गर्नुका साथै औषधि समेत वितरण गरिएको थियोे । दाङ सर्रा शाखाका प्रबन्धक सुरेन्द्र कुमार चाेधरिकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण पुर्ण प्रसाद पाैडेलले गर्नुभएको थियाे ।

तपाईंको प्रतिक्रिया