भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ

 असार २७, २०७९

तुलसीपुर । भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पश्‍चिम त्रिवेणी गा.पा. वडा नं. १ रुँघा बस्ने बर्ष ३६ को देउ कुमार खड्का रहेकाे प्रहरीले जनाएको छ । उनले असार २६ गते राती जग्गा अंशबण्डाको बिषयमा बाद- बिवाद, झै-झगडा हुँदा आफ्नै भाउजु बर्ष ३७ की दिलसरा बोहरा खड्कालाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

घटनाको बारेमा सुचना प्राप्त हुनसाथ प्रहरी चौकी सिम्रुत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले खड्कालाई पक्राउ गरेको हाे । घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भई रहेको छ ।

तपाईंको प्रतिक्रिया