मोटरसाईकललाई बसले ठक्कर दिदा तुलसीपुरका एक युवकको मृत्यु
दाङ। कपिलवस्तुमा बसको ठक्कर बाट दाङका तुलसीपुरका एक पुरुषको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३० वर्षीय सुशील केसीको निधन भएको ईलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ ।
बसले मोटरसाईकललाई ठक्कर दिदा गम्भिर घाइते भएका केसीकोे उपचारको क्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको हो । मृतक केसीको बहिनी घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा पछाडी सवार मृतक केसीको बहिनी १७ बर्षकी कुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना ५ ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका ९ चम्पापुरमा रा ७ प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठक्कर दिएको हो ।
बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा तुलसीपुरबाट काठमाडौ जाँदै गरेका थिए ।



तपाईंको प्रतिक्रिया