अन्तर कलेज स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु

 साउन १०, २०७९

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसिपुरमा आज देखि अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ सुरु भएको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको पुर्व सिंचाई मन्त्री एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी गिरिले खेलकुदको विकास स्थानिय स्तरबाटै हुनु पर्ने बताउनु भएको छ । सो अबसरमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराई, तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्य,लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

राप्ती किङ प्रशिक्षण केन्द्रका सल्लाहकार केदार राज श्रेष्ठको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो । यसैबिच प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालित प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा अरनिको माबी रोल्पाले अमर मावि उरहरीलाई पराजित गरेको छ ।

यस्तै आज नै शिद्धेश्वरी माबी रुपन्देही र मुसिकोट बहुमुखी क्याम्पस खलङ्गाले बिजयी सुरुवात गरेका छ्न । यस्तै प्रतियोगिता अन्तरगत भोलि बुधबार बिहान ७ बजे न्यु होराईजन रुपन्देही र जनश्रम माबी खाद्रे भिड्नेछन् । दोश्रो खेल भिमसेन माबी र गोरखा माबी ब्लु बिच हुनेछ । प्रतियोगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिनु भएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ ।

जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

तपाईंको प्रतिक्रिया