टिकटक बनाउने क्रममा कुपिण्डे तालमा बेपत्ता पुरुषकाे सव फेला
तुलसीपुर । टिकटक बनाउदै गर्दा सल्यान कुपिण्डे तालमा डुबेर बेपत्ता भएका युवको सब फेला परेको छ । कपुरकोट गाउँपालिक ६ सिनबाङ निबासी हाल दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजि ३६/३७ वर्षका बेद बहादुर बस्नेत मंगलबार कुपिण्डे ताल छेउमा टिकटक बनाउदै गर्दा चिप्लिएर बेपत्ता भएका थिए ।
सुर्खेतबाट गोताखोरको टोली आएर उनको शब निकालेको हो । शबलाई जिल्ला अस्पतालमा पोष्टमार्टमा लागि लगिएको जिप्रका सल्यानले जानकारी दिएको छ । उनका श्रीमती र एक छाेरा रहेकाे आफन्ती राज कुमार थापाले जानकारी दिए ।



तपाईंको प्रतिक्रिया