ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
सुर्खेत । डोल्पाको ठूलिभेरी नगरपालिका ५ कोरेआरुमा लु ४ त ६७०३ नंबरकाे ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का २४ वर्षीय शेर बहादुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जुफालबाट ठूलिभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलीका पोल लिएर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो।
दुर्घटनाकाे अन्य विवरण आउन बाँकी रहेको छ।



तपाईंको प्रतिक्रिया