बिमा रकम पाउने लोभमा टिप्परमा आगजनी

 भदौ ०७, २०७९

दाङ। दाङमा बिमा रकम पाउने लोभमा चालक र सहचालकले आफूले चलाउँदै आएको टिप्परमा आगजनी गरेको खुलेको छ । मंगलर विहान बन्दको मौका छोपी चालक र सहचालकले टिप्पमा आगजनी गरेका हुन् ।

घोराहीबाट लमही तर्फ जाँदै गरेको रा १ ख १६९४ टिप्परमा विहान ४ बजेतिर बबई खोला पुलमा नजिकै आगलागी भएको थियो । सो विषयमा अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा चालक र सहचालकले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए ।

प्रहरीले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले दुई दिनदेखि बनाउन दिएको टिप्पर विहानै लगेर बिमाको रकम पाउन लोभमा आगजनी गरेको खुलेको काफ्लेको भनाई छ ।

तपाईंको प्रतिक्रिया