अपहरण गरेको आराेपमा पक्राउ परेकाहरु धराैटिमा छुटे

 भदौ ०९, २०७९

तुलसीपुर । दाङमा अपहरण गरेको आराेपमा पक्राउ परेका सबै धराैटिमा छुटेका छन । दैलेखको चामुन्डा बिन्द्रसैनी नगरपालिका निवासी २७ बर्षीय केशव कुमार बिकलाई अपहरण गरेको आरोपमा पक्राउ परेकालाई अदालतले धराैटिमा छाडेको हाे ।

बुटवलबाट अपहरण गरेर तुलसीपुर स्थित युवम होटेलमा ल्याएर आर्थिक चलखेल गर्न खोजेको आरोपमा पक्राउ परेका बबई गाउँपालिका – ४ निबासी ३५ बर्षीय लिला बिक, सोही ठाउँ निबासी ३५ बर्षीय नेव बहादुर घर्ती (मार्शल), तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रे निबासी २५ बर्षका सुकलाल बिक, कपिलवस्तुको शिवराज नगरपालिका– ९ निबासी २० बर्षका २० का मनोज थारु, प्युठानको गौमुखि गाउँपालिका–७ घरभई हाल तुलसीपुर उपमहानगरपालिका ६ निबासी २४ बर्षका जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका–७ निबासी २६ बर्षकी निर्मला बिकलाई धरौटीमा छोडिएको हो ।

साउन १० गते पक्राउ परोका उनिहरुलाई गएकाे सोमबार दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

तपाईंको प्रतिक्रिया