धेरै स्थानमा विहानैदेखि बर्षा

 भदौ १०, २०७९

काठमाडौं । देशका विभिन्न भागमा आज (शुक्रबार) पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । दाङमा सहितका विभित्र जिल्लामा बिहानैदेखि पानी परिरहेहेकाे छ । लामाे समयपछि बर्षा हुदा यहाँका किसानले राहतकाे महशुस गरेका छन ।

आज बिहान सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा प्रदेश १ र वागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

तपाईंको प्रतिक्रिया