प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १५२ कर्मचारी माग

 भदौ १६, २०७९

काठमाडाैं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ कर्मचारीका लागि विज्ञापन खोलेको छ । कृषि सेवा प्राविधिकलाई करार सेवामा भर्ना गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको छ ।

सूचनाअनुसार कृषि अधिकृत ३६ जना, पशु विकास अधिकृत ७ जना, नायब प्राविधिक सहायक ८२ जना र नायब पशु सेवा प्राविधिक २७ जनाको विज्ञापन आह्वान गरिएको छ ।

दरखास्त बुझाउने अन्तिम मिति २०७९ असोज ५ गतेसम्म रहेको छ ।

सूचना

तपाईंको प्रतिक्रिया