रोल्पामा विभत्स अवस्थामा दम्पतीको शव भेटियो

 भदौ १६, २०७९

तुलसिपुर । रोल्पाको माडी गाँउपालिकामा विभत्स रुपमा श्रीमान श्रीमति मृत अवस्थामा भेटिएका छन् । वडा नं ३तालाबाङमा श्रीमानश्रीमतीको शरीरमा काटिएको विभत्स दृश्यले हत्या गरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले गरेको छ ।

परिवर्तन गाउँपालिका वडा नं २, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्बती मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरि रहेको छ ।

घटनाको प्रकृती हेर्दा घटना राती भएकोे हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान गर्नको लागी कोहरपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको छ । काठमाडौँ इटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आइ तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए ।

तपाईंको प्रतिक्रिया