कुलाेले बगाउँदा तुलसीपुरमा एक महिलाको मृत्यु

 भदौ १६, २०७९

तुलसीपुर । कुलाेले बगाउँदा तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ६ गाैलाैरामा गाैरीगाउँ कुलाेले बगाएर ४७ वर्षिय सिता भण्डारीकाे मृत्यु भएकाे हाे । उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय उद्दारमा लागेका थिए । उनलाई गाैरीगाउबाट उद्दार गरि अस्पताल पुराईएकाे थियोे ।

राप्ती प्रादेशिक अस्पतालमा चिकित्सकले मृत घाेषणा गरेको वडा नम्बर ६ का अध्यक्ष बर्षात भण्डारीले जानकारी दिए । पञ्चमिकाे पुजा हेरेर घर फर्किने बेला कुलाेमा खसेकाे बताईएकाे छ । बर्षायामकाे समयमा ह्वात्तै बढ्ने याे कुलाेले धेरैकाे ज्यान लिएको छ ।

तपाईंको प्रतिक्रिया