पकरे सामुदायिक वनमा उन्नत जातको बाँस रोपियाे

 भदौ १८, २०७९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी स्थित पकरे सामुदायिक वनमा उन्नत जातको बाँस रोपिएको छ । पछिल्लो समय बाँसका घारीहरु मासिने क्रम बढ्दै गएका बेला यसको अभाव हुन नदिन ग्रीन फाउन्डेसनकाे अघुवाईमा बाँस रोपिएको हाे ।

आज मात्रै त्यस क्षेत्रमा एक सय बढी बाँसहरु रोपिएको छ । त्यस अवसरमा ग्रिन फाउण्डेसनका अध्यक्ष घनश्याम पाण्डे, सामुदायिक बनका अध्यक्ष लाेक बहादुर राेका,प्रेम सुवेदी, ग्रिन फाउण्डेसन दाङका सचिव शुरेस रावत लगायतको सहभागीता रहेकाे दिपक परियारले जानकारी दिएका छन । बाँसजन्य बस्तुको उत्पादनका लागि बाँसको अभाव हुन नदिन तथा उद्यम विकासका लागि सहयोग पु¥याउने उद्देश्यले पछिल्लो समय ग्रिन फाउण्डेसनले बाँस उत्पादनमा जोड दिदै आएको छ ।

तपाईंको प्रतिक्रिया