कोहली र सूर्यको उत्कृष्ट ब्याटिङमा भारतलाई सिरिज

 असोज १०, २०७९

सूर्यकुमार यादव र विराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको छ । भारतले रोमान्चक जितका साथ तीन टि० आई खेलको सिरिज २(१ जितेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका सूर्यकुमार यादवले ३६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । ३०–२ को अवस्थामा पुगेको भारतलाई सूर्य र विराट कोहलीले ६२ बलमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

तपाईंको प्रतिक्रिया