इस्टर्न हाइड्रोपावरको आईपीओ खुल्ला

 असोज २८, २०७९

काठमाडौँ — सर्वसाधारणका लागि शुक्रबारदेखि इस्टर्न हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ६ लाख २३ हजार ३८९ कित्ता सेयर खुलेको हो ।

कात्तिक १ गतेसम्म यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता भएको बैंकको जुनसुकै शाखा वा सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।

तपाईंको प्रतिक्रिया