तुलसीपुर -१० मा वडाध्यक्ष कप सुरु

 असोज ३१, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अनुशासित समाज निमार्णमा खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा सोमबारदेखि सुरु भएको वडाध्यक्ष कपको उद्घाटन गर्दै नगरप्रमुख खड्काले खेल क्षेत्रले समाजलाई अनुशासित तुल्याउन र समग्र क्षेत्रको इज्जत प्रतिष्ठा बढाउनका लागि महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले तुलसीपुर क्षेत्रका खेलाडीहरुले पछिल्लो समयमा राष्ट्रियस्तरमै कीर्तिमान कायम राख्ने कार्य भएकाले अब यो क्षेत्र खेलकूद र खेलाडीका लागि महत्वपूर्ण क्षेत्र रहने बताउनुभयो । उहाँले पालिकाको समग्र खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो । वडाध्यक्ष यमराज केसीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन भएकोथियोे । विभिन्न टाेलका फुटबल समुहको सहभागीता रहेको खेल कात्तिक २ गते समापन गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन वडा सचिव कर्णबहादुर हमालले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया