टि२० विश्वकपमा पाकिस्तानमाथि भारतकाे रोमान्चक जित

 कार्तिक ०६, २०७९

विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै अविश्वसनयि जित दिलाए ।
हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । भारतलाई अन्तिम १२ बलमा ३१ रन चाहिँएको थियो । १९ औं ओभरमा हरिस रौफले १५ रन खर्चिएपछि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । कोहलीले अन्तिम दुई बलमा हरिस रौफलाई लगातार दुई छक्का हानेका थिए ।

अन्तिम ओभरको पहिलो बलमा हार्दिक पान्ड्या बाबर आजमबाट क्याच आउट भए । नवाजले दोस्रो बलमा दीनेश कार्तिकलाई एक रन दिए । कोहलीलाई तेस्रो बलमा दुई रन दिएपछि अन्तिम तीन बलमा १३ रन चाहिँएको थियो ।

कोहलीले चौथो बलमा छक्का हानेपछि ७ रन आवश्यक परेको थियो । छक्काको बल नो थियो । तीन बलमा ७ रन चाहिँएको थियो । लगत्तै अर्को बलमा वाइड फ्याँले ।

लगत्तै तीन रन वाइको रुपमा लिएपछि भारत जित नजिक पुगेको थियो । अर्को बलमा दीनेश कार्तिक स्टम्पिङ आउट भए । वाइड फ्याँलेपछि एक रन चाहिँएको थियो । अन्तिम बलमा दुई रन चाहिँएको थियो । फेरि वाइड फ्याँले । आश्विनले एक रन लिँदै जित पक्का गराए ।

एक समय ३१–४ को दयनीय अवस्थामा पुगेको भारतलाई विराट कोहली र हार्दिक पान्ड्याले ७८ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारी गर्दै जित नजिक पुर्याएका थिए ।

तपाईंको प्रतिक्रिया