चर्को दबाबपछि ३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

 पुष ०१, २०७९

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ।

शनिबार रातीबाट लागू हुने गरी मुल्य घटाएपछि उपभोक्ताले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल समान १७५ रुपैयाँ प्रतिलिटरका दरले खरिद गर्न पाउनेछन्।

गत असोजदेखि निरन्तर मूल्य घटेर आएकाले निगमलाई यसपटक मुल्य घटाउन चर्को दबाब थियो। मूल्य घटाएपनि निगमलाई अझै १९ अर्ब रुपैयाँ इण्डियन आयल कर्पोरेसनको बक्यौता रहेको प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए।

तपाईंको प्रतिक्रिया