सन्दीपलाई धरौटीमा छाेड्न आदेश

 पुष २८, २०७९

तुलसीपुर । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धराैटिमा छुट्ने भएका छन् । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइ दिएपछि सन्दीप रिहा हुने भएका हुन् ।

 

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई २० लाख धराैटिमा रिहा गर्न आदेश दिएको हो ।

तपाईंको प्रतिक्रिया