क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

 माघ १७, २०७९

पाेखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

तपाईंको प्रतिक्रिया