रास्वपाले राष्ट्रपतिमा रामचन्द्रलाई भोट दिने

 फागुन २५, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । आज बसेको रास्वपाको संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका पौडेललाई मत दिने निर्णय गरेको हो । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन् । मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

 

तपाईंको प्रतिक्रिया