सार्वजनिक सूचना जिल्लाकै मिडियाबाट प्रकाशन गर्न माग

 फागुन २७, २०७९

तुलसीपुर । प्रेस सेन्टर दाङले जिल्लाका स्थानीय तह तथा अन्य कार्यालयबाट प्रवाह हुने सार्वजनिक सूचना जिल्ला भित्रकै मिडियाबाट प्रकाशन गर्न माग गरेको छ । सेन्टरको शनिबार घोराहीमा भएको साधारणसभाले ८ बुदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको छ ।

अध्यक्ष पाण्ड शर्मा र सहसचिब दीपक बोहराले तयार पारेको घोषणा पत्रमा अहिले स्थनीय तहलगायतका जिल्लाका कार्यलयले जिल्ला बाहिरका मिडियालाई सूचना प्रवाह गर्दा जिल्लाका मिडिया सञ्चालनमा समस्या हुन थालेको भन्दै यस्तो माग गरिएको हो । सहसचिब दीपक बोहराले बन्दशत्रमा प्रस्तुत गरेको घोषणा पत्रलाई सर्वसम्मतिले पास गरेको हो ।

त्यस्तै प्रेस सेन्टरले स्थापना कालदेखि जनपक्षिय पत्रकारिताको आन्दोलनमा गरेको योगदानको उच्च कदर गर्दै निरन्तर जनपक्षिय पत्रकारितामा थप दृढताका साथ एकतावद्ध भई उभिने प्रतिवद्धता ब्यक्त गरेको छ । द्वन्द्वकालमा निर्ममता पूर्वक हत्या गरिएका महान शहीद पत्रकार कृष्ण सेन इच्छुकको मृत्युको यथार्थ विवरण सार्वजनीक गर्न र हत्याराहरुलाई कारवाहीको दायरामा ल्याउनेगरी सरकारमाथी दवाव सृजना गर्न प्रेस सेन्टरको साधारण सभाले माग गरेको छ ।

तपाईंको प्रतिक्रिया