सन्दिपले दिलाए नेपाललाई तेस्रो सफलता

 फागुन २९, २०७९

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले नेपालाई तेस्रो विकेट दिलाएका हुन् ।

लामिछानेले १८ रन बनाएका पपुवा न्युगिनीका सेसे बाउलाई बोल्ड गरे । त्यतिबेला पीएनजीको स्कोर ४९ रन रहेको थियो । यसअघि सोमपाल कामी र ललित राजवंशीले नेपालका लागि एक–एक विकेट लिएका थिए ।

तपाईंको प्रतिक्रिया