नेपाललाई प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि

 चैत १७, २०७९

काठमाण्डाै । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि जितेकाे छ । फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याउँदा पहिलाे हाफ बराबरीमा सकिएकाे थियाे ।

निकै प्रतिस्पर्धात्मक खेलकाे ८७ औँ मिनेटमा मनिष डाँगीले गाेल गर्दै नेपाललाई २–१ ले जिताए ।

तपाईंको प्रतिक्रिया