आईपीएल क्रिकेटमा साबिक विजेता गुजरातकाे जित

 चैत १८, २०७९

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साबिकको विजेता गुजरात टाईटन्सले जितका साथ सुखद सुरुआत गरेको छ । गुजरातले सुखद सुरुआत गर्ने क्रममा चेन्नाई सुपर किंग्सविरुद्धको अपराजित यात्रालाई जारी राखेको छ । आईपीएलको ईतिहासमा यि दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ ।

अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नाईका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए ।

राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए । चेन्नाईका लागि आजकै खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो । पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले ।

मोईन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए । घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २/२ तथा जोश लिटिलले १ विकेट लिए ।

तपाईंको प्रतिक्रिया