पूर्वनासु घिमिरेले ७ करोड ३९ लाखकाे सम्पत्ति जोडे

 चैत १९, २०७९

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैयाँ मात्र हो । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको देखिएकाे छ।

पूर्वनासु घिमिरेमाथि विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभाग लगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी सम्पत्ति कमाएको आरोप छ । कात्तिक २०५२ देखि पुस २०७९ सम्म सरकारी सेवामा रहेका उनले गैर कानुनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको भन्दै अख्तियारले उनी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

तपाईंको प्रतिक्रिया